FAQs Complain Problems

समाचार

सर्बसाधारणले अनलाइन घटना (जन्म दर्ता) दर्ता कसरी गर्ने ?

यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसि अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ । फारम भर्दा प्रप्त टोकन नम्बर लिएर गाउँपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ । टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा आउछ ।
फारम भर्ने तरिकाहरु

  1. रुपनी गाउँपालिकाको वेबसाइटःwww.rupanimun.gov.np मा गएर लिंक मा गएर “अनलाइन जन्म दर्ता प्रणाली (सेवाग्राही)” मा क्लिक गर्नुहोला । आथवा

  2. केन्द्रीय पंजीकरण विभाग वेबसाइटःwww.docr.gov.np मा गएर अनलाईन घटना दर्ता (निवेदन) मा क्लिक गर्नुहोला आथवा

  3. मोबाइल फोनमा केन्द्रीय पंजीकरण विभागको मोबाइल एप Google Playstore माGoogle Playstore टाइप गरि DOCR एप माउनलोड गरि अनलाईन घटना दर्तामा क्लिक गर्नुहोस् ‍।
    पेज खुलेपछि “नयाँ थपनुहोस्” मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस् ।

    • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस् ।

    • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. आउँछ ।

    • त्यो टोकन नं. लिएर सम्बन्धित वडा कार्यालयमा ३० दिन भित्र सम्र्पक गर्नुपर्छ ।

    • ३० दिन पछि टोकन काम लागने छैन र नयाँ फारम भर्नुपर्छ ।

नोटः यदि एक चोटि गाउँपालिकोमा कुनै व्यक्तिगत घटना Online दर्ता गरिएको छ भने सोही व्यत्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन आवश्यक पर्दैन । पुरानो व्यक्तिगत घटना दर्तामा भएको व्यक्तिगत परिचय पत्र नं. ले हुन्छ ।

  1. फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ ।

  2. Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि पट्टि Romanized मा क्लिक गर्नुहोला ।

  3. फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन ।