FAQs Complain Problems

समाचार

विपन्न किसान वा घर-परिवारलाई राहत वितरण ।

विश्वव्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस)को संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणलाई प्रभावकारी तुल्याउन घरमा नै सुरक्षित साथ बस्ने नीति र सो का लागि जारी देशव्यापी लकडाउन (lock-down) पालना गर्ने क्रममा दैनिक हातमुख जोड्ने समस्याले ग्रसित, दैनिक ज्यालादारीमा मजदुरी गर्ने मजदुर, श्रमिक, गरिब तथा आर्थिक रुपमा विपन्न किसान व्यक्ति वा घर-परिवारलाई खाद्यान्नको अभाव भई रहेको हुँदा ति व्यक्ति वा घर-परिवारलाई मिति २०७७ बैशाख ४ गते बिहिवार गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू, उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू, वडा जनप्रतिनिधिहरु, कर्मचारीहरु,  सबै दलका राजनीतिक-कर्मिहरु, सेना-प्रहरी, पत्रकार लगायत अन्य भद्र भलादमीहरु समेतको उस्थितिमा वडा नं.-४ अन्तर्गत social distance manage गरि १५ किलो सौना मन्सुलि हाफ बोवाइल चालम, २ किलो दाल, १ लिटर खाने तेल  र १ प्याकेट नुन सहित वितरण गरियो।

आर्थिक वर्ष: