FAQs Complain Problems

खाँडो खोला

Read More

रुपनी देवी

Read More

प्रसिद्ध धार्मिक स्थलहरु: रुपनी देवी, दिनाभद्री बाबा तथा शनिदेव मन्दिर।

Read More

मतदाता परिचयपत्र लिईएको ठाँउबाट ब्यक्तिगत घटना दर्ता गराउन मिल्छ ?

मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।

जन प्रतिनिधि

अध्यक्ष
9852821034
swdineshydv@gmail.com
उपाध्यक्ष
9817734688
pslaugi@gmail.com

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
९८५२८२२१२३
yadavtarni403@gmail.com

सेवाहरु

सेवा प्रकारः- नगरिता सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।
सेवा शुल्कः- रु. १५०।–
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार,
  • नेपाली नागरिक संग बिबाह गरी नेपाली नागरिकता लिन चाहेको अवस्थामा बिबाह दर्ताको प्र.प.को प्रतिलिपी,
  • पतिको ना.प्र.प.को प्रतिलिपी,
  • साविकको मुलुकको ना.प्र.प. परित्याग गरेको कागजात वा परित्याग गर्नलाई कारवाही चलाएको पुष्टी गर्ने कागजातहरु,
  • साविकको देशको ना.प्र.प. प्राप्त नगरको अवस्थामा जन्म लाई पुष्टी गर्ने कागजातहरु, जस्तो शैक्षिक योग्यताको प्र.प. प्रतिलिपी, भारतीयहरुको सन्दर्भमा आधार कार्ड,
  • नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्र.प.को प्रतिलिपी,
  • पासपोर्ट साइजको हाल खिचिएको २ प्रति फोटो ।
सेवा प्रकारः- प्रतिलिपी सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।
सेवा शुल्कः- रु. १००।–
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्र.प.को प्रतिलिपी,
  • हाले खिचिएको फोटो ।
सेवा प्रकारः- जेष्ठ नागरिक परिचय पत्र
सेवा समयः- ५ दिन भित्र अथवा अति जरुरी भएमा १ दिन मै पनि प्राप्त गर्न सकिने छ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रुपनी गाउँपालिका अथवा आवश्यक कागजातहरु सम्बन्धित वडा कार्यालयमा दिदाँ पनि वडाले १५ दिन उपलब्ध गराई दिने छ
सेवा शुल्कः- नि-शुल्क प्राप्त
आवश्यक कागजातहरुः-

१.पासपोर्ट साइजको हाल खिचिएको फोटो -२ प्रति 

२.नागरिकता प्रमाणपत्रको  फोटोकपी -१ प्रति, बँसाइ सरी आएको वा विवाह हुनु अगावैको नागरिकताको हकमा रुपनी गा.पा.को  ठेगाना खुल्ने कागजातको प्रतिलिपि

३.श्रीमान्/श्रीमती खुल्ने प्रमाणपत्र -१ प्रति 

४.निवेदन - १ प्रति 

५. संरक्षक को नाम/फोन नं. 

सम्पर्क व्यक्ति अथवा महिला तथा बालबालिका शाखा प्रमुखको मोबाईल नं. ९८६४०१७६९८

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा प्र.प.प्रदान गरिनेछ ।
सेवा शुल्कः- रु. २००।– एक बिघा भन्दा माथि भए प्रति कठ्ठा थप रु. २०।–
आवश्यक कागजातहरुः-
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
  • ना.प्र.प.को प्रतिलिपी,
  • जग्गा धनी पूर्जाको प्रतिलिपी,
  • मृतकबाट भए मृत्यू दर्ता प्र.प.को प्रतिलिपी,
  • फाइल नक्साको प्रतिलिपी,
  • आवश्यक परेको अवस्थामा मृतक संग हकवालाले काययम गरेको नाता प्रमाणित प्र.प.को प्रतिलिपी,
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद,
  • स्थलगत सर्जमिन मुचुल्का र कानुनी जटिलता देखिएमा कानुनी राय प्रतिवेदन,
  • पासपोर्ट साइजको २ प्रति फोटो ।
सेवा प्रकारः- नगरिता सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क र सर्जमिन गरी गरिने नागरिकता सिफारिसको हकमा रु.२५०।)
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • जन्म दर्ता प्र.प. को प्रतिलिपी,
  • शैक्षिक प्र.प. हरुको प्रतिलिपी,
  • बाबु आमाको नागरिकता प्र.प.को प्रतिलिपी,
  • बिबाहित भएको अवस्थामा बिबाह दर्ता प्र.प.को प्रतिलिपी, बाबको नाागरिकता प्र.प.को प्रतिलिपी, पतिको ना.प्र.प.को प्रतिलिपी,
  • व्यक्तिगत घट्ना दर्ता लागू हुन भन्दा पहिलाको जन्म तथा बिबाह भएको अवस्थामा जन्म तथा बिबाह प्रमाणित सिफारिस,
  • पासपोर्ट साइजको २ प्रति फोटो ।

Pages

जानकारी