FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

            नेपालको सगरमाथा अञ्‍चल, सप्तरी जिल्लाको  उत्तर भू-भागमा  अबस्थित गाउँपालिका हो । रुपनी गाउँपालिका सप्तरी जिल्लाका साविक गा.वि.स. हरु रायपुर, कटैया, जमेनी मधेपुरा (७-९), बसबिट्टी र तेरहौता संयोजन भई ६ ओटा वडामा सिमितहुन पुगेको छ. हाल २ नं. प्रदेश अन्तर्गत नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयबाट गठित गाउँपालिका हो । भौगोलिक हिसाबमा उत्तरमा चुरे श्रेणीदेखि दक्षिणमा तराइ मधेशको भूभाग ओगटेको यस क्षेत्र पूर्व पश्चिम राजमार्गसँग जोडिए तापनि आर्थिक, सामाजिक लगायत समग्र मावन विकास सूचाकंमा अपेक्षित उपलब्धी हासिल गरिसकेको छैन । कृषिको आधुनिकीकरण, व्यवसायिकरण र विविधिकरणमार्फत कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धिको दृष्टिकोणबाट यस क्षेत्रको महत्वपूर्ण संभावना छ।

रुपनी गाउँपालिकाका हालका नक्सा हो

संक्षिप्त विवरण

स्थापना: २०७३/११/२७
जम्मा वडा: ६
जनसंख्या: २९,९७९ हजार हालको
क्षेत्रफल: ५६.०८ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: नकटी रायपुर, बसबिटी, कटैया, जमुनी मधेपुरा र तेर्हौता गा.वि.स.

 

गाउँपालिका सँग सम्बन्धित विस्तित विवरण

क्र.सं.

इन्डिकेट

संक्षिप्त विवरण

क्षेत्रफल

५६.०८ वर्ग कि.मि.

पूर्व

अग्नीसरई कृष्णासरवन गाउँपालिका र राजविराज नगरपालिका

पश्चिम

शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका

उत्तर

शम्भुनाथ  र उदयपुर जिल्ला

दक्षिण

विष्णुपुर, बेल्हीचपेना गाउँपालिका, राजविराज नगरपालिका र डाक्नेश्वरी नगरपालिका

जनसंख्या

२९९७९ हजार  हालको ( हिन्दु=२७२६१, बौद्द=३८५,  र्इस्लाम (मुस्लिम)=२२१६ र इसार्इ ‍=२)

जनघनत्व

४७० प्रति वर्ग कि.मि.

तापक्रम

अधिकत्तम ४० डिग्री सेल्सीयस र न्युनतम १० डिग्री सेल्सीयस

लङगीच्युड

८६.७१९१७७

१०

ल्यटिच्युड

२६.४९०७४

११

उचाई

७४/२४२.७८ फिट

१२

हावापानी

उष्ण भू–उपयोगको अवस्था(हे.) :बसोबासको क्षेत्र  हेक्टर, कृषि क्षेत्र  हेक्टर, बजार क्षेत्र       हेक्टर र अन्य  हेक्टर ।

१३

घरधुरी संख्या

६४०७

१४

मुख्य जात÷ जातिहरु

यादव, साह, तेली, राजधोइब, मुस्लिम, मलाह, सहनी, पाशवान, कायस्थ, बनिया, ठाकुर, चमार,डोम, मुसहर, पहाडी, थापा, मगर, तामाङ्ग जनजाती, आदिवासी आदि ।

१५

मुख्य पेशा

कृषि, पशुपालन, ज्वाला मजदुरी, सेवा र व्यापार ।

१६

साक्षरता

१८८६२ (६२.९१ प्रतिशत)

१७

मुख्य ताल, पोखरी संख्या

खाँडो नदि, मुतनी नदि, दुधैलौ खोल्ला

१८

विद्यालय संख्या

१३

१९

स्वास्थ्य  चौकी

५ औटा

२०

वर्थिङ्ग सेन्टर

३ ओटा

२१

औद्यगिक क्षेत्र

गजेन्द्रनारायण अद्यौगिक क्षेत्र

२२

पर्यटक स्थाल

शनि मन्दिर र रुपनी देवी

२३

धार्मिक स्थल

दिना वध्री बाबा, शनि मन्दिर र रुपनी देवी, खाँकी बाबा रहेका छन्

२४

बिदेशमा बसेको

१३२४

२५

बिदेशमा बसेको

६२९

प्रमुख खोला नाला र विशेष क्षेत्र

         यस गाउँपालिकाको करिब मध्य भागबाट बहने खाँडो खोला, दुधेला खोला र बेल्का खोला वर्षा समयमा दु:खका कारण भएपनि भविष्यका आर्थिक संवृद्धिका आधारहरु हुन् । रुपनी गाउँपालिका वडा नं. ६ तेरहौतामा पर्ने शनिदेव मन्दिर, वडा नं. ३ कटैयाको दिनभद्री मन्दिर तथा वडा नं. १ रुपनीको रुपनीदेवी मन्दिर र वडा नं. २ पिप्पराहीको खाँखी बाबा मन्दिर यस गाउँपालिकाको धार्मीक, सांस्कृतिक दृष्टिकोणले विशेष क्षेत्रको रुपमा रहेको छ ।

धर्म, संस्कृति र जातजाती

          यस गाउँपालिका क्षेत्रमा हिन्दु र ईस्लाम धर्मालम्वीहरुको बसोवास रहेको छ । यस क्षेत्रमा जितिया, समाचकेबा, दशैं, तिहार, छठ,माघी, श्रीपंञ्चमी,होली, सिरुवा, ईद, रमजान, मोहरम लगायतका पर्वहरु मनाउने गर्दछन् । यस क्षेत्रमा यादव, साह, राजधोइब,थारु, चमार, डोम, खतवे, ठाकुर, राई, लिम्बु, मुस्लिम लगायतका जातजातिहरुको मिश्रित बसोबास रहेको छ ।

विद्यमान अवस्थाको समिक्षा

सबल पक्ष

         रुपनी गाउँपालिका नेपालकै एक आर्थिक संमृद्धिको सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा मौसमी खेतीको रुपमा धान, गहुँ, तोरी, दलहन, तरकारी, आँप नगदे बालीको पर्याप्त मात्रामा उत्पादन गरी निर्वाहमुखीबाट व्यवसायिक कृषितर्फ उन्मुख हुने अवस्था रहेको छ । यस क्षेत्रमा मधेशी, थारु र दलित जातिको मिश्रित बसोबास रहेका यस क्षेत्र बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय बिशेषताले भरिएको छ । धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव यस क्षेत्रको अभिन्न चिनारी हो ।

कमजोर पक्ष

         विकासका पूर्वाधारहरुको यथेष्ट मात्रामा विकास र विस्तार गर्न सकिएको छैन । शैक्षिक अवस्थामा राष्ट्रिय स्तरभन्दा न्यून रहेको छ । विद्यालय छाड्ने, अनुपस्थित हुने र कक्षा दोहोर्‍याउने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरुको गुणस्तर वृद्धि गर्न नसकिएका कारण प्रभावकारी स्वास्थ्य सेवाको प्रत्याभूत गर्न सकिएको छैन । व्यवसायिक कृषितर्फ रुपनीबासीलाई उन्मुख गराउन सकिएको छैन । सिंचाईको उचित प्रबन्ध नहुदाँ कृषियोग्य भूमिमा उत्पादन न्यूनस्तरमा रहेको छ ।

अवसर

         रुपनी भूमिलाई सिंचित गर्न सकेको अवस्थामा यस ठाउँको आर्थिक विकासको आधारका रुपमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुन्छ । भौगोलिक रुपमा सुगम र यतायातको पहुँच रहेकोले विकासका पूर्वाधारहरुको निर्माणमा सहजता देखिन्छ ।

चूनौति

        रुपनी गाउँपालिकाले दुई दशक लामो जनप्रतिनिधि विहीन अवस्था पार गर्दै स्थानीय सरकार गठन गरेको अवस्था छ । यससँगै अनगिन्ती परिवर्तनका संवाहकहरुको उदय हुनु स्वाभाविक देखिन्छ । तथापि विगतमा जनप्रतिनिधिविहीन राज्य संयन्त्रले सिर्जना गरेका सर्वसाधारण र जनतावीचको दुरी कम गर्नमा अबको उर्जाशील समयवधि खर्च गर्नुपर्ने अवस्था रहेको छ । यसै बीच राज्यको शासन व्यवस्थामा संघीयताको नयाँ अभ्यास स्थानीय सरकारको काँधमा आईसकेकाले स्थानीय तहको सफल कार्यान्वयन गर्ने युगान्तकारी जिम्मेवारीलाई सफलतापूर्वक अवतरण गर्ने दायित्व थपिएको छ । विविध कारणबाट राज्यको मुलप्रवाहीकरणबाट वञ्‍चित भएका समूहलाई गतिशील शासन पद्दतिमा समाहित गर्दै लैजानुपर्ने जिम्मेवारीहरु युगले प्रदान गरेको छ । गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, यातायातको पहुँच, दीगो आवास, खाद्य सुरक्षा, गुणस्तरीय जीवनको प्रत्याभूत गर्न कटिबद्ध भई लाग्नुपर्ने भएको छ । नेपाल सरकारले अन्तरार्ष्ट्रिय जगतमा जनाएका प्रतिवद्धताहरु पुरा गर्न दिगो विकासका अधारहरु छन् ।