FAQs Complain Problems

पशुपंक्षी विकास शाखा

         नेपालको कृषि प्रणालीमा पशुपंक्षि पालन व्यवसायको महत्व अनादिकालदेखि आजसम्म रहि आएको छ। पक्षुपालन व्यवसायलाई विविधिकरण, व्यवसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी उत्पादन पु¥याउने पशुपंक्षि विकास शाखाको प्रमुख उद्देश्य हो । बि.स. २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी पाँचौ पञ्च बर्षिय योजना देखि पशु स्वास्थ्य, पक्षु अहारा, पशु प्रजन्न् तथा पशुपालन व्यवस्थापन सेवालाई एकीकृत रुपमा कृषकहरुको घर दैलोमा पु¥याउने उद्देश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरियो । २०५२ साल श्रावन १ गते पशु सेवा विभागको गठन भयो । 
 

कर्मचारी विवरण

  1. प.स्वा.प्रा.– धुव्र नारायण चौधरी
  2. ना.प.स्वा.प्रा. – धनजित कुमार खड्गा
  3. ना.प.से.प्रा. –सुन्दर सरदार
  4. का.स. – हरि नारायण माली

सञ्चालन कार्यक्रमहरु

  1. पशु स्वास्थ्य कार्यक्रम अन्र्तगत
    • मेडिकल उपचार
    • सर्जिकल उपचार
    • उपचार सेवा
    • पशु भ्याकसिनेसन कार्यक्रम
    • पशु वध्ंयाकरण सेवा

    नोट :- पशुपंक्षि विकास शाखा रुपनी बाट सेवा दिइन्छ ।

  2. पशु अहारा कार्यक्रम अन्र्तगत
    • हिउँदे घाँस (जै, वर्सिम, भेज)
    • बर्ष घाँस ( टियोसेन्टी, जुनेलो, सुडान, मकै)
    • बहुवर्ष घाास (नोपियर, पारा घाँस, सेटेरिया)
    • डाले घाँस (इपिल–इपिल, टाँकी, कोइरालो)

    नोट :- पशुपंक्षि विकास शाखा रुपनी बाट उपल्बध गरि निःशुल्क वितरण गरिन्छ ।

  3. नश्ल सुधार कार्यक्रम (गाई र भैँसी)
  4. पशु विकास सेवा कार्यक्रम अन्र्तगत
    1. मासुमा आत्म निर्भर कार्यक्रम अन्र्तगत
      • बख्रा पालन सम्बन्धि तालिम
      • बाख्रा खोर सुधार कार्यक्रम (अनुदानमा)
      • माछा पालन (भुरा उपल्बध तथा पोखरी र्ममत कार्यक्रम अनुदानमा)
    2. लक्षित दुध उत्पादन कार्यक्रम
      • गाई/भैँसी पालन सम्बन्धि तालिम
      • गौठ तथा भखारो सुधार कार्यक्रम (अनुदानमा)
      • आ.प. तथा बा.प. नियन्त्रण कार्यक्रम

नोट :– पशुपंक्षि विकास शाखा, रुपनी बाट सेवा दिईन्छ । 

दर्ता भएका पशु–फार्म वा समूह –२० ओटा