FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

ब्यक्तिको जीवनमा घटेका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा वसाई-सराई जस्ता घटनाहरु सम्बन्धित स्थानीय पन्जिकाधिकारी कहाँ गई घटनाको सूचना उपलब्ध गराउने र प्रमाणपत्र लिने कार्यलाई ब्यक्तिगत घटना दर्ता भनिन्छ ।

नेपाली पुरुष र भारतीय महिलाबीच भएको विवाह प्रमूख जिल्ला अधिकारी वा कानूनले तोकेको अधिकारीद्वारा विवाह दर्ता ऐन, २०२८ बमोजिम विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ ।

मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।

रुपनी गाउँपालिकाको कुल जनसंख्या २९,९७९  छ l

यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसि अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ । फारम भर्दा प्रप्त टोकन नम्बर लिएर गाउँपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ । टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा आउछ ।
फारम भर्ने तरिकाहरु

  1. रुपनी गाउँपालिकाको वेबसाइटःwww.rupanimun.gov.np मा गएर लिंक मा गएर “अनलाइन जन्म दर्ता प्रणाली (सेवाग्राही)” मा क्लिक गर्नुहोला । आथवा

  2. केन्द्रीय पंजीकरण विभाग वेबसाइटःwww.docr.gov.np मा गएर अनलाईन घटना दर्ता (निवेदन) मा क्लिक गर्नुहोला आथवा

  3. मोबाइल फोनमा केन्द्रीय पंजीकरण विभागको मोबाइल एप Google Playstore माGoogle Playstore टाइप गरि DOCR एप माउनलोड गरि अनलाईन घटना दर्तामा क्लिक गर्नुहोस् ‍।
    पेज खुलेपछि “नयाँ थपनुहोस्” मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस् ।

    • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस् ।

    • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. आउँछ ।

    • त्यो टोकन नं. लिएर सम्बन्धित वडा कार्यालयमा ३० दिन भित्र सम्र्पक गर्नुपर्छ ।

    • ३० दिन पछि टोकन काम लागने छैन र नयाँ फारम भर्नुपर्छ ।

नोटः यदि एक चोटि गाउँपालिकोमा कुनै व्यक्तिगत घटना Online दर्ता गरिएको छ भने सोही व्यत्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन आवश्यक पर्दैन । पुरानो व्यक्तिगत घटना दर्तामा भएको व्यक्तिगत परिचय पत्र नं. ले हुन्छ ।

  1. फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ ।

  2. Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि पट्टि Romanized मा क्लिक गर्नुहोला ।

  3. फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन ।

  • भूक्तानीका लागि मांग निवेदन ।
  • उपभोग्ता समितीको बैठक निर्णाय ।
  • प्राविधिक मूल्याकंन, कार्यसम्पन्न प्रतिवेदन, नापी किताव ।
  • खर्चित विल भर्पाइ ।
  • वडा समीतीको निर्णय, सिफारीस ।
  • अनुगमन समितीको निर्णय,सिफारी, प्रतिवेदन

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन ।

२. स्वीकृत लागत अनुमान।

३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस ।

४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।

५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि ।

६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।

७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।

१.उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन।

२.वडा कार्यालयको सिफारिस पत्र।

३.उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।

४.प्राविधिक MEASUREMENT BOOK। योजनामा भए गरेको कार्यको तस्विर/फोटो।

५.उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।

६.खर्चको विल भर्पाईहरु

७.रु विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।

८.डोर हाजिर फारम (प्रमाणित)। साथ कामदारको नागरिता प्रमाण पत्र वा परिचय खूल्ने कागजातको प्रतिलिपी ।

९.सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।

१०.विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।

११.सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।

१.रित पुर्वकको निवेदन (वडा कार्यालयमा )

२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप

३. २ प्रति फोटो passport

४.व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )

५.वडा कार्यालयले आवश्यक ठानेको कागजात वा सिफारिस |

६. व्यवसाय दर्ता सम्बन्धि मुहचुलका 

  • समय: -५ दिन भित्र अथवा अति जरुरी भएमा १ दिन मै पनि प्राप्त गर्न सकिने छ।
  • जिम्मेवार अधिकारी: -प्रमुख प्रशासकीय अधिकृत
  • सेवा दिने कार्यालय: - रुपनी गाउँपालिका अथवा आवश्यक कागजातहरु सम्बन्धित वडा कार्यालयमा दिदाँ पनि वडाले १५ दिन उपलब्ध गराई दिने छ
  • सेवा शुल्क: -नि-शुल्क प्राप्त
  • आवश्यक कागजातहरु: -१.पासपोर्ट साइजको हाल खिचिएको फोटो -२ प्रति 
  • .नागरिकता प्रमाणपत्रको  फोटोकपी -१ प्रति, बँसाइ सरी आएको वा विवाह हुनु अगावैको नागरिकताको हकमा रुपनी गा.पा.को  ठेगाना खुल्ने कागजातको प्रतिलिपि
  • श्रीमान्/श्रीमती खुल्ने प्रमाणपत्र -१ प्रति 
  • निवेदन - १ प्रति 
  • संरक्षक को नाम/फोन नं. 

           सम्पर्क व्यक्ति अथवा महिला तथा बालबालिका शाखा प्रमुखको मोबाईल नं. ९८६४०१७६९८

Pages