FAQs Complain Problems

महिला बालबालिका तथा समाज कल्याण शाखा

संक्षिप्त परिचय
             ग्रामिण महिलाका लागि ऋण उत्पादन कार्यक्रम मार्फत बि.स. २०३९ सालमा ५ ओटा जिल्ला (धादिङ, तँनहु, नवलपरासी, स्याङजा, सुर्खेत) बाट शुरु गरिएको महिला विकास कार्यक्रम सप्तरी जिल्लामा साविकको जगतपुर गा.वि.स.मा बि.स. २०५० सालबाट शुरुवात भएको थियो । भने, रुपनी गाउँपालिकामा महिला जागृती कार्यक्रम मार्फत साविको तरहौता गा.वि.स.बाट बि.स. २०५७ साल देखि महिला समूह समिती हुँदै बि.स. २०६३।०९।१२ मा सयपत्रि महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड महिला संस्थाका रुपमा स्थापित हुन सफल भएको देखिन्छ । 
             हाल रुपनी गाउँपालिकामा समूह समिती तथा संस्थामा समेत करीब ९२२ जना महिला सदस्यहरु आबद्ध रहेका छन् । महिला विकास कार्यक्रमको उद्देश्य महिलाहरुलाई व्यक्तिगत रुपमा आत्म निर्भर, मानसिक रुपमा सचेत, सामाजिक रुपमा सम्मानजनक स्थान हासिल गराउनु रहेको छ ।

कर्मचारीको विवरण 
दरवन्दी अनुसारको कर्मचारी : - १ जना

महिला विकास शाखा अन्र्तगत महिला समूह समिती तथा संस्थाको विवरण : –

वडा नम्बर महिला समूह/ समिती महिला सहकारी

 

महिला विकास शाखाबाट सञ्चालित कार्यक्रमहरु

  • महिला समूह समिती गठन तथा परिचालन
  • वडा स्तरीय अनुशिक्षण तालिम सञ्चालन
  • गाउँपालिका स्तरीय आधारभुत तालिम सञ्चालन
  • महिला संस्था तथा समितीका अध्यक्ष तथा प्रतिनिधि माझ चौमासिक अन्तरक्रिया तालिम सञ्चालन
  • हिंसा प्रभावित महिला तथा किशोरीहरुका लागि सुरक्षित आश्रय स्थल सञ्चालनका लागि सयपत्रि महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई अनुदान 
  • महिला तथा पुरुषहरुका लागि सामाजिक जनचेतनाका लागि महिला पुरुष समविकास तालिम सञ्चालन
  • अन्तरपुस्ता अन्तरक्रिया तालिम सञ्चालन
  • बहुक्षेत्री पोषण कार्यक्रम अन्र्तगत महिला समूह समितीका सदस्यहरु, सुनैलो हजार दिनका महिलाहरुका सासु बुहारी तथा किशोरीहरुको लागि जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन