FAQs Complain Problems

सरसफाई तथा बिपद् व्यवस्थापन शाखा

सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन

१. गाउँपालिका क्षेत्रभित्र उत्पादन हुने फोहोरमैला व्यवस्थापनलाई प्राथमिता दिई व्यवस्थापन गरिनेछ । यसको लागि चालु आर्थिक वर्ष भित्र फोहोरमैला व्यवस्थापन स्थलको खोजि र सम्भाव्यता अध्ययन गरिनेछ ।
२. फोहोरमैला व्यवस्थापनको लागि घर नक्सा पास गर्दा अनिवार्य रुपमा शौचालय र सेफ्टी ट्यांकको निर्माण गर्नुपर्ने व्यवस्था लागु गरिनेछ ।
३. वायु प्रदुषण, ध्वनी प्रदुषण, जल प्रदुषण, भूमी प्रदुषण, औधोगीक प्रदुषण जस्ता प्रदुषणजन्य प्रकृतीका उद्योगहरुको संचालन गर्न पूर्णत निरुत्साहित गरिनेछ ।
४. वातावरण प्रदुषण गर्ने उद्योगलाई करको दायरामा ल्याईनेछ ।
५. गाउँपालिका क्षेत्रको सरसफाईको लागि समय समयमा अभियानहरु संचालन गर्दै लगिनेछ ।
६. फोहोरजन्य पदार्थलाई वर्गीकरणका लागि जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
७. गाउँपालिका क्षेत्रभित्र छोडिने छाडा पशु चौपाया, सडक किनारामा पशु बाध्ने प्रणालीलाई निरुत्साहित गरिनेछ । 
८. वातावरण स्वच्छताका लागि सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्धन गर्ने नीति लिइनेछ । 
९.गाउँपालिका क्षेत्रलाई पूर्ण सरसफाई यूक्त पालिकाको लागि सरसफाईका विशेष कार्यक्रमहरु संचालन गर्दै लगिनेछ ।
१०.गाउँपालिकाका  प्रत्येक घरधूरीमा शौचालयको  अनुगमन गरि प्रयोगमा ल्याउने ।
११. सार्वजनिक स्थलमा सार्वजनिक शौचालयहरु निर्माण गर्दै लगिनेछ । 
१२. गाउँपालिका क्षेत्र भित्र रहेको पूर्व पश्चिम तथा उत्तर दक्षिण लोकमार्गको सडक अधिकार क्षेत्रलाई सरसफाई गरि व्यवस्थापन गरिनेछ । 
१३. विपद् उद्धारको लागि गाउँपालिका तथा वडा स्तरीय प्रतिनिधि, कर्मचारी, सामुदायिक संघसंस्था र स्थानीय स्तरमा स्वंमसेवी यूवादस्ता तयार गरी परिचालन गरिनेछ । 
१४. सम्भावित प्रकोपको नियन्त्रणको लागि उपयुक्त ठाँउमा बाँध, तटवन्ध, पुल तथा निकासहरुको उचित व्यवस्थापन गरिनेछ । 
१५. जोखिमयुक्त निर्माण कार्यहरुको नियमनको लागि उचित व्यवस्था गरिनेछ । 
१६. विपद्बाट हुनसक्ने क्षतिको तत्काल उदार, राहात र पूनस्र्थापनाका लागि आवश्यक जनशक्ति, सामाग्री र श्रोतको पहिचान गरिनेछ ।
१८. प्राकृतिक प्रकोप एवंम बिपद् व्यवस्थापन सम्बन्धी जनचेतनामुलक क्रार्यक्रम संचालन गरिनेछ ।
१९. गाउँपालिका क्षेत्र भएर वहाव हुने खाडो, घोडदह, मुतनी लगायत अन्य नदीहरुलाई नियन्त्रणको लागि सघन रुपमा नदि नियन्त्रण कार्यक्रम संचालन गरिनेछ ।
२०. विपद्को पहिचान गर्न र त्यसको क्षतिको न्यूनिकरण गर्नको लागि क्षेत्रगत रणनीति अवलम्बन गरी कार्यान्वयनमा ल्याइनेछ । 
२१ बिपद् व्यवस्थापन सम्बन्धि काम गर्ने राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय संघसंस्थाहरुलाई सहकार्यको लागी प्रेरित गरिनेछ ।  
२२. आईपर्ने विपद्को सामनाको लागि गाउँपालिकाले आवश्यक बन्दोवस्तीका सामानको व्यवस्था गर्नेछ ।