FAQs Complain Problems

योजनको रनिङ्गबिल माग गर्दा पेश गर्नुपर्ने कागजात हरु के के हुन् ?

१.उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन।

२.वडा कार्यालयको सिफारिस पत्र।

३.उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।

४.प्राविधिक MEASUREMENT BOOK। योजनामा भए गरेको कार्यको तस्विर/फोटो।

५.उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।

६.खर्चको विल भर्पाईहरु

७.रु विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।

८.डोर हाजिर फारम (प्रमाणित)। साथ कामदारको नागरिता प्रमाण पत्र वा परिचय खूल्ने कागजातको प्रतिलिपी ।

९.सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।

१०.विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।

११.सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।