समाचार
यस गाउँपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको उपल्क्षमा यस गाउँपालिका अन्तर्गतका ६ वटै वडाका स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गर्नुभयो।
“महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको प्रतिवद्धता स्वास्थ्य प्रबर्धनमा हाम्रो एक्येवद्धता” नारा सहित यस गाउँपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको उपल्क्षमा यस गाउँपालिका अन्तर्गतका ६ वटै वडाका स्वास्थ्य स्वयम् सेविकाहरुले गर्दै आएको कामकाज सँग सम्बन्धित विषय बस्तुहरुलाई समावेश गरी ६ वटै वडाका ३९ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु बिच हाजिरी जवाफ प्रतियोगिता गराई प्रथम स्थान हासिल गर्ने बसविट्टि स्वास्थ्य चौकी मातहतका स्वयम् सेविकाहरुलाई प्रथम पुरस्कार नगद रु. २५००, दोस्रो स्थान हासिल गर्ने तेरहौता स्वास्थ्य चौकी मातहतका स्वयम् सेविकाहरुलाई दोस्रो पुरस्कार नगद रु. २००० र तेस्रो स्थान हासिल गर्ने कटैया स्वास्थ्य चौकी मातहतका स्वयम् सेविकाहरुलाई तेस्रो पुरस्कार नगद रु. १५०० सहित उच्च मूल्याङ्कन गर्दै ३९ जना स्वास्थ्य स्वयम् सेविकाहरुलाई नै एक थानको दरले Blanket, Mobile, Bag, छाता र प्रमाण-पत्र दिई उहाँहरुलाई सम्मान गर्नुभयो।साथै अगामि दिनहरुमा यस गाउँपालिका अन्तर्गत स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी तरीकाले उच्च मनोबलका साथ कामकाज गर्न समेत गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले आग्रह सहितको निर्देशन दिनुभयो।