समाचार
संक्षिप्त परिचय
नेपालको सगरमाथा अञ्चल, सप्तरी जिल्लाको उत्तर भू-भागमा अबस्थित गाउँपालिका हो । रुपनी गाउँपालिका सप्तरी जिल्लाका साविक गा.वि.स. हरु रायपुर, कटैया, जमेनी मधेपुरा (७-९), बसबिट्टी र तेरहौता संयोजन भई ६ ओटा वडामा सिमितहुन पुगेको छ. हाल २ नं. प्रदेश अन्तर्गत नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयबाट गठित गाउँपालिका हो । भौगोलिक हिसाबमा उत्तरमा चुरे श्रेणीदेखि दक्षिणमा तराइ मधेशको भूभाग ओगटेको यस क्षेत्र पूर्व पश्चिम राजमार्गसँग जोडिए तापनि आर्थिक, सामाजिक लगायत समग्र मावन विकास सूचाकंमा अपेक्षित उपलब्धी हासिल गरिसकेको छैन । कृषिको आधुनिकीकरण, व्यवसायिकरण र विविधिकरणमार्फत कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धिको दृष्टिकोणबाट यस क्षेत्रको महत्वपूर्ण संभावना छ।
संक्षिप्त विवरण
स्थापना: २०७३/११/२७
जम्मा वडा: ६
जनसंख्या: २९,९७९ हजार हालको
क्षेत्रफल: ५६.०८ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: नकटी रायपुर, बसबिटी, कटैया, जमुनी मधेपुरा र तेर्हौता गा.वि.स.
गाउँपालिका सँग सम्बन्धित विस्तित विवरण
क्र.सं. |
इन्डिकेट |
संक्षिप्त विवरण |
१ |
क्षेत्रफल |
५६.०८ वर्ग कि.मि. |
२ |
पूर्व |
अग्नीसरई कृष्णासरवन गाउँपालिका र राजविराज नगरपालिका |
३ |
पश्चिम |
शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका |
४ |
उत्तर |
शम्भुनाथ र उदयपुर जिल्ला |
५ |
दक्षिण |
विष्णुपुर, बेल्हीचपेना गाउँपालिका, राजविराज नगरपालिका र डाक्नेश्वरी नगरपालिका |
६ |
जनसंख्या |
२९९७९ हजार हालको ( हिन्दु=२७२६१, बौद्द=३८५, र्इस्लाम (मुस्लिम)=२२१६ र इसार्इ =२) |
७ |
जनघनत्व |
४७० प्रति वर्ग कि.मि. |
८ |
तापक्रम |
अधिकत्तम ४० डिग्री सेल्सीयस र न्युनतम १० डिग्री सेल्सीयस |
११ |
उचाई |
७४/२४२.७८ फिट |
१२ |
हावापानी |
उष्ण भू–उपयोगको अवस्था(हे.) :बसोबासको क्षेत्र हेक्टर, कृषि क्षेत्र हेक्टर, बजार क्षेत्र हेक्टर र अन्य हेक्टर । |
१३ |
घरधुरी संख्या |
६४०७ |
१४ |
मुख्य जात÷ जातिहरु |
यादव, साह, तेली, राजधोइब, मुस्लिम, मलाह, सहनी, पाशवान, कायस्थ, बनिया, ठाकुर, चमार,डोम, मुसहर, पहाडी, थापा, मगर, तामाङ्ग जनजाती, आदिवासी आदि । |
१५ |
मुख्य पेशा |
कृषि, पशुपालन, ज्वाला मजदुरी, सेवा र व्यापार । |
१६ |
साक्षरता |
१८८६२ (६२.९१ प्रतिशत) |
१७ |
मुख्य ताल, पोखरी संख्या |
खाँडो नदि, मुतनी नदि, दुधैलौ खोल्ला |
१८ |
विद्यालय संख्या |
१३ |
१९ |
स्वास्थ्य चौकी |
५ औटा |
२० |
वर्थिङ्ग सेन्टर |
३ ओटा |
२१ |
औद्यगिक क्षेत्र |
गजेन्द्रनारायण अद्यौगिक क्षेत्र |
२२ |
पर्यटक स्थाल |
शनि मन्दिर र रुपनी देवी |
२३ |
धार्मिक स्थल |
दिना वध्री बाबा, शनि मन्दिर र रुपनी देवी, खाँकी बाबा रहेका छन् |
२४ |
बिदेशमा बसेको |
१३२४ |
२५ |
बिदेशमा बसेको |
६२९ |
प्रमुख खोला नाला र विशेष क्षेत्र
यस गाउँपालिकाको करिब मध्य भागबाट बहने खाँडो खोला, दुधेला खोला र बेल्का खोला वर्षा समयमा दु:खका कारण भएपनि भविष्यका आर्थिक संवृद्धिका आधारहरु हुन् । रुपनी गाउँपालिका वडा नं. ६ तेरहौतामा पर्ने शनिदेव मन्दिर, वडा नं. ३ कटैयाको दिनभद्री मन्दिर तथा वडा नं. १ रुपनीको रुपनीदेवी मन्दिर र वडा नं. २ पिप्पराहीको खाँखी बाबा मन्दिर यस गाउँपालिकाको धार्मीक, सांस्कृतिक दृष्टिकोणले विशेष क्षेत्रको रुपमा रहेको छ ।
धर्म, संस्कृति र जातजाती
यस गाउँपालिका क्षेत्रमा हिन्दु र ईस्लाम धर्मालम्वीहरुको बसोवास रहेको छ । यस क्षेत्रमा जितिया, समाचकेबा, दशैं, तिहार, छठ,माघी, श्रीपंञ्चमी,होली, सिरुवा, ईद, रमजान, मोहरम लगायतका पर्वहरु मनाउने गर्दछन् । यस क्षेत्रमा यादव, साह, राजधोइब,थारु, चमार, डोम, खतवे, ठाकुर, राई, लिम्बु, मुस्लिम लगायतका जातजातिहरुको मिश्रित बसोबास रहेको छ ।
विद्यमान अवस्थाको समिक्षा
सबल पक्ष
रुपनी गाउँपालिका नेपालकै एक आर्थिक संमृद्धिको सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा मौसमी खेतीको रुपमा धान, गहुँ, तोरी, दलहन, तरकारी, आँप नगदे बालीको पर्याप्त मात्रामा उत्पादन गरी निर्वाहमुखीबाट व्यवसायिक कृषितर्फ उन्मुख हुने अवस्था रहेको छ । यस क्षेत्रमा मधेशी, थारु र दलित जातिको मिश्रित बसोबास रहेका यस क्षेत्र बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय बिशेषताले भरिएको छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव यस क्षेत्रको अभिन्न चिनारी हो ।
कमजोर पक्ष
विकासका पूर्वाधारहरुको यथेष्ट मात्रामा विकास र विस्तार गर्न सकिएको छैन । शैक्षिक अवस्थामा राष्ट्रिय स्तरभन्दा न्यून रहेको छ । विद्यालय छाड्ने, अनुपस्थित हुने र कक्षा दोहोर्याउने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरुको गुणस्तर वृद्धि गर्न नसकिएका कारण प्रभावकारी स्वास्थ्य सेवाको प्रत्याभूत गर्न सकिएको छैन । व्यवसायिक कृषितर्फ रुपनीबासीलाई उन्मुख गराउन सकिएको छैन । सिंचाईको उचित प्रबन्ध नहुदाँ कृषियोग्य भूमिमा उत्पादन न्यूनस्तरमा रहेको छ ।
अवसर
रुपनी भूमिलाई सिंचित गर्न सकेको अवस्थामा यस ठाउँको आर्थिक विकासको आधारका रुपमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुन्छ । भौगोलिक रुपमा सुगम र यतायातको पहुँच रहेकोले विकासका पूर्वाधारहरुको निर्माणमा सहजता देखिन्छ ।
चूनौति
रुपनी गाउँपालिकाले दुई दशक लामो जनप्रतिनिधि विहीन अवस्था पार गर्दै स्थानीय सरकार गठन गरेको अवस्था छ । यससँगै अनगिन्ती परिवर्तनका संवाहकहरुको उदय हुनु स्वाभाविक देखिन्छ । तथापि विगतमा जनप्रतिनिधिविहीन राज्य संयन्त्रले सिर्जना गरेका सर्वसाधारण र जनतावीचको दुरी कम गर्नमा अबको उर्जाशील समयवधि खर्च गर्नुपर्ने अवस्था रहेको छ । यसै बीच राज्यको शासन व्यवस्थामा संघीयताको नयाँ अभ्यास स्थानीय सरकारको काँधमा आईसकेकाले स्थानीय तहको सफल कार्यान्वयन गर्ने युगान्तकारी जिम्मेवारीलाई सफलतापूर्वक अवतरण गर्ने दायित्व थपिएको छ । विविध कारणबाट राज्यको मुलप्रवाहीकरणबाट वञ्चित भएका समूहलाई गतिशील शासन पद्दतिमा समाहित गर्दै लैजानुपर्ने जिम्मेवारीहरु युगले प्रदान गरेको छ । गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, यातायातको पहुँच, दीगो आवास, खाद्य सुरक्षा, गुणस्तरीय जीवनको प्रत्याभूत गर्न कटिबद्ध भई लाग्नुपर्ने भएको छ । नेपाल सरकारले अन्तरार्ष्ट्रिय जगतमा जनाएका प्रतिवद्धताहरु पुरा गर्न दिगो विकासका अधारहरु छन् ।